Monday, November 23, 2009

ह्याकिङ्का कुरा

मैले तथ्यका आधारमा यो ब्लग पोष्ट गरेँ । पासवर्ड निकाल्ने तरिका, लेखेकाछन् ब्लगरहरुले । मैले मात्र ब्लगस्पोट भित्रको कुरा गरेँ । मलाई विश्वास छ यसको प्रयोग अर्थ हिन छ अनि हानिकारक पनि ।

मैले यहाँ "गुगलसर्च इन्जिन"लाई र "ब्गस्पोट"लाई माध्यम बनाएँ ।

अब हेनुर्स, यो शब्द hack gmail को लागि आजका मिति यो समयमा करिब 5,650,000 नतिजा आएँ । मैले फेरि यस शब्दालाई ब्लगस्पोट भित्र मात्र सर्च गर्न पहिला blogspot.com लाई सर्च गरेर 443,000,000 वटा नतिजा पारेँ ,यी नतिजाहरु भित्रै खोजी गर्दा blogspot.com hack gmail को लागि करिब 914,000 नतिजा आए । यसका करिब 914,000 नतिजा भित्रका सामाग्री प्राय समान छन् । यकिन साथ भन्न सकिन्छ एकले अर्काबाट प्रतिलिपि बनाएर यस भित्रका प्राय सवै एकै किसिमका भएका हुन् । सवै यस्तै प्रकारका हुन्छन्

Step 1: Log into your Gmail account.

Step 2: Compose a new mail.

Step 3: In subject box type " PASSWORD RECOVERY "

Step 4: Send this to ..................... बुझ्ने अनि नबुझ्ने भाषा प्रयोग गरेर गर्न लागिएको काम किन आवश्यक छ भन्नुमा एकै ध्येय छ, आफ्नो पासवर्ड कुनै एक इमेलमा पठाउने । जसबाट त्यो व्यतिmले सजिलै हाम्रो पासवर्ड थाहा पाउँछ ।यसले मात्र नपुगेर तपाईले अझ यसैमा यसले शत प्रतिशत काम गर्ने कुरा अनि आफूले अनुभव गरिसकेको विश्वास पनि पाउनु हुनेछ । कतै सफ्टवेयर सित्तौमा नै डाउनलोड गरेर पासवर्ड निकाल्ने ।

In this post I will show you various methods regarding "how to hack gmail". With my experience of 4 years. I only suggested the two possible methods............................ अनि कतै हो! साह्रै सजिलो छ अनि सम्भव पनि भन्ने यस्ता अभिब्यक्ति Need to hack Gmail passwords? It is possible and it is easy. This way of hacking into Gmail. Accounts was brought to my attention by my friend whose girl friend had affairs with another boy …………... हामीलाई पनि कसैको मेल हेर्नु पर्ने हुनसक्छ । अनि यसले परिवन्दमा पार्छ हामीलाई । अतः हामी केही नसोचि उहि सजिलो तरिका लगाएर पासवर्ड भएको मेल आउने प्रतिक्षाको सपना देख्न थाल्छौँ । कसैले धेरै खोजेर थाकेको अनि निचोडमा भेटेरै छाडेको अनि काम पनि गरेको भन्छन् । कसैको भन्ने तरिका अनि फरक पाइयो । कोही भन्छन्, "काम त गर्‍यो, तर अघिको २ पटक चाहिँ गरेन् ।" सोचमा डुबायो, ए! गर्ने रहेछ तर कहिले काहीँ अलि ढिलो हुने रहेछ । कसैले पासवर्ड भएको मेल आउन ७ दिन पनि लाग्न सक्ने भन्छन् ।

यसका कमेन्ट चाहिँ रमाइलो हुन्छ । पोष्ट गरेको १० वर्ष भइसकेको भए पनि कमेन्ट लेख्न कसैलाई निन्दा छैन् । यो गलत हो प्रयोग नगर्न कमेन्ट पनि गरिएको हुन्छ । यसै संग फेरि कसैको व्यथा यस्तो हुन्छ please provide me the steps to hack gmail if u have really hacked it, and also need the webmail hack software , I will be glad full to U help me mine Email Id is ……....……. भन्ने जस्ता प्रश्न अनि सहयोग पनि हुनेगर्छ ।

रमाइलो त मलाई यति बेला लाग्यो कसैले लेखेको पाइयो Will anybody help me by hacking my girl friend's Gmail ID, her id is @gmail.com, then I will teach U to hack Yahoomail! ID. Plz mail me if any body is interested………………

यसै संग कसैको सफलताको कथा Thanks! It works….. पनि पढ्न पाइन्छ अनि कत्तिको चाहिँ व्यथा I am getting spam everyday how to block it?……….

यदि यस्तो हुँदो हो त आज घर-घरमा ह्याकर हुन्थे होला । को चाहिँ त्यति मूर्ख होला जसले अहिले अरुलाई गरेको अहिले नै आफै माथि पनि हुन्छ भन्ने जान्दा जान्दै यस्तो सिकाओस् ?

अतः तपाईलाई कसैले ह्याकर को हुन् ? भनेर सोधेमा, भनिदिनु होला, सर्च इन्जिन चलाउन जान्नेहरु सवै ह्याकर हुन् । कमजोरि पत्ता लगाएर कसैले गर्न सक्छ भने म त यसलाई सकरात्मक नै लिन्छु । तर कमजोर हामी आफै बन्छौँ, कोही हामीलाई चिप्ला कुरा भनेर फसाउन खोज्छ, अनि हामी अरुलाई फसाउने दाऊमा आफै फस्छौँ भने यसको जिम्मा स्वमः हामीले लिनु पर्छ ।

मैले Hack Gmail जस्ता शब्दको प्रयोग गरेर सर्च इन्जिनको MileStone बडाउने काम गरेको र तपाईलाई झुक्याएर यो साइटामा ल्याएको भएँ मैले माफि मागेँ ।

Friday, November 20, 2009

म कुकुर (कविता)

म कुकुर
भन्छन् मेरा कान धेरै तिखा
कि गर्छन् कुरा मात्र मिठा ?
डुल्छु दिनभर नछोडि कुनै कुना
कि दिनुहुन्छ मेरै ठाउँ र ठेगाना ?
बोलाउँछु सबैलाई भुकि भुकि
पाउँछु जवाफ बाटो ढुकि ढुकि ।
म पनि संसारकै गीत पो गाउँकि ?
तर मेरो नैतिकताले नदिने पो हो कि ?
धेरै पछि नाम सुन्दा मेरै
खुसि भई खोजेँ मान्छे धेरै ।
न पाएँ मान्छे न कुनै जवाफ
तर अर्थ बुझ्दा पो भए नाजवाफ ।।
हो म त पशु, तर छु सोझो
छैन् कुनै लोभ न कुनै धोको ।
गर्छन् गल्ती भनिएका बाठा
खप्ने वचन म जस्ता सोझा र लाटा ।।
सन्तोष गर्ने मेरो बानी
जानिन गर्न कहिल्यै बेइमानी ।
सहन्छु तिम्रा थोत्रा गाली
सक्छौ के बोलाउन रिस राग फाली ।।
हुन्छु कि पार्छौँ तिनछक्क मलाई,
बेइज्जत कि सम्मान, के गर्छौँ मलाई ?
सकिन हुन सर्व गुण धारी
अतः किन लिन्छौ मेरो नाम गर्नलाई गाली ?

[.....मान्छे भएर मान्छेको जस्तो व्यवहोरा देखाउनु नि, किन कुकुरको जस्तो देखाएको ? ......] वचन कर्तालाई मेरो फेरि पनि धन्यवाद ।

Friday, November 13, 2009

विद्यार्थीमाथी दमन

कानुन, नियम, अनि छुटका कुरा । यस्तै चर्चा गर्दै थियौँ हामी पछिल्लो पोष्टमा । अब पालो वास्तविक जीवन भोगाई अनि वस्तु स्थीतिवादी परिपाटीको चर्चा गर्ने । जीवन भोगईका कठिनाईको समिक्षा गर्ने मेरो सानो दैनिक फिचर । घर स्कूल घर । मेरो दिन चर्या ।

मेरो घर झापा, स्कूल १२ कि.मि. टाडा छ । पूर्व पश्चिम सडकमा सार्वजनिक बसको प्रयोगबाट म जान्छु । हामी यसरी धेरै छौँ । सवैलाई पुग्नु छ, स्कूल, हाम्रो गन्तव्य । हामी विद्यार्थी माझ गरिँदै आएको, भइराखेको एक अनौठो सामाजिक अत्याचार । यसलाई अत्याचारकै संज्ञा दिँदा अत्युक्ति नहोला । तर यस विषयमा मध्यमपक्षी भएर बोल्नु छ मैले । मेरो प्रयासको तपाईले सहि मर्म बुझ्नु हुन्छ भन्ने मेरो कामना छ ।

यातायत यसमा सवैको समान नहुनुको कुनै तर्क नहोला । यसमा पनि सार्वजनिक साधनमा समान हक सवैले पाउनु संवैधानिक विषय नै बन्यो । हामी विद्यार्थीमाझ यो लागू किन नभएको ? हामीलाई ४५ प्रतिशत छुट दिईएको छ । तर यो छुट लिने र दिनेले हाम्रो क्षेत्रमा र भनौँ पूर्वको अधिकाशं क्षेत्रमा एक विचित्रको दृश्यको श्रृङ्खला गर्ने गरेको छ । दृश्य, यहाँ यस्तो अपमान जनक अनि सम्रग विद्यार्थी वर्ग अनि विद्यार्थी हुनुको अभिशाप झैँ लाग्ने यातायत साधन उपयोगको क्रमका त्यस्ता दिन चर्या । विद्यार्थीलाई गाडि चड्न नदिने । विद्यार्थीलाई सार्वजनिक सवारी सुविधा उपयोग गर्नका लागि लादिएको एक यस्तो घिन लाग्दो नियम । अझः एक गाडिमा ५ (पाँच) जना मात्र विद्यार्थी चड्नु पर्ने, त्यो पनि अन्तिममा । अब गाडिवालाको ४५ प्रतिशतको सवालमा कहीँबाट पनि तर्क पुग्दैन् ।

फुल पहिला थियो कि फुलबाट निस्कने कुखुरा भने झैँ चढ्न नदिएर अपमान गरेको कि हामीले पैसा तिर्नुको सहि मूल्य खोजेको हौँ । यसले झल्काउँछ दमनको अर्को रुपको सत्य दृष्टान्त । यी हुन् नर्सरी देखि स्नातकस्तरका विद्यार्थीले भोग्नु पर्ने समस्या । के भन्ने यसलाई ? विश्वमा कहीँ नभएको सासन देखाउने स्थल सडक नै हुनुको अर्को जलन्त उदाहरण, नेपाल । हामी अपवाद भयौँ ।